नियम २८
बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्ने
(१) प्राधिकरणले नियम २४ बमोजिम लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने प्रयोजनको लागि बोलपत्र पेश गर्ने तरिका, बोलपत्रदाताको योग्यता, बोलपत्र पेश गर्ने अन्तिम मिति, स्वीकृत हुने वा अस्वीकृत हुने आधार, बोलपत्रको सुरक्षण रकम, बोलपत्र मूल्याङ्कन गर्ने विधि समेतका कुराहरु समावेश गरी बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्नेछ।
(२) उपनियम (१) बमोजिम बोलपत्रदाताको योग्यता निर्धारण गर्दा अन्य कुराका अतिरिक्त बोलपत्रदाताको आर्थिक तथा प्राविधिक क्षमता तथा दूरसञ्चार सेवा सञ्चालनको अनुभव भएको स्वदेशी वा विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्न सक्ने गरी योग्यता निर्धारण गर्नु पर्नेछ।
(३) प्राधिकरणले उपनियम (१) बमोजिम बोलपत्र सम्बन्धी कागजात स्वीकृत गरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी बोलपत्र आव्हान गर्नेछ।
(४) बोलपत्र तथा सो को मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ।